३ कार्तिक २०८३, मंगलबार

नेपाल टेलिकमकाे अनलिमिटेड डाटा र भ्वाइस प्याक सुविधा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन ।  नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ ।

टेलिकमले सस्तो मुल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन सक्ने सुविधा ल्याएको टेलिकमले जनाएको छ ।

हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याकको सुविधा आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेको छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार प्याक खरिद गर्न सक्छन् । ग्राहकले चाहिएको प्याक खरिदका लागि *१४१५# मा डायल गरेर आवश्यकता अनुसार खरिद गर्न सक्छन् ।