९ मंसिर २०८३, बुधबार

ब्राउन सुगरसहित दुई पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन ।  सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित दुइ युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने गोलबजार नगरपालिका–७ का २४ वर्षिय कृष्णा यादव र वडा नम्बर ४ २२ वर्षिय प्रवेश महतो छन्।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले आइतबार राति ३० पुरिया ब्राउन सुगरसहित यादव र महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू ब्राउन सुगरका कारोबारी भएको  बताइएकाे छ ।