९ मंसिर २०८३, बुधबार

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नागरिक उड्ययन प्राधिकरणमा जागिर खानेविरुद्ध मुद्दा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन ।   नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नागरिक उड्ययन प्रधिकरणमा जागिर खाने प्राधिकरणका अधिकृत शालिकराम खनालविरुद्व अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले विषेश अदालतमा मुद्वा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र देखाई २०५३ साल जेठ एक गते देखि खनाल तत्कालीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा राप अन तृतीय श्रेणीमा नियुक्ति भएको भन्ने सूचना अख्तियारले पाएको थियो।

सोही सुचनाका आधारमा अनुसन्धान हुँदा उनले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टी भएको अख्तियारले आइतबार प्रेस विज्ञप्तीमार्फत जनाएको छ।