१३ कार्तिक २०८३, शुक्रबार

विहे गर्छु भनेर एक महिना यौन सम्पर्क, कुटेर घर निकाला

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

तुलसीपुर, ५ फागुन । बलात्कारपछि फरार तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवसी शमिर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए ।

वलीले १७ वर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करीब एक महिना आफूसंगै राखेर यौन शोषण गरेका थिए ।

वलीबिरुद्ध किशोरीलाई जबरजस्तीकरणी गरेको भन्दै मुद्दा दायर भएको थियो । मुद्धा दायर भए लगत्तै उनी भागेका थिए ।

उनलाई प्रहरीले शनिबार पक्राउ गरी आइतवार गरेकाे थियाे । वलीले १७ वर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करीब एक महिना आफूसंगै राखेर यौन शोषण गरेको आरोप लागेको छ ।

उजुरी गर्नेहरूले वलीले किशोरीलाई एक महिनापछि कुटेर घरवाट निकालेको जोहरी दिएका छन् ।