९ मंसिर २०८३, बुधबार

मिटरब्याजी रामबाबु पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ५ फागुन । सर्लाही जिल्ला अदालतको आदेश अनुसार धरौटी राखेर छुटेका मिटरब्याजी आरोपी रामबाबु राय यादवलाई पुनः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले पक्राउ गरेको छ ।

सीआईवी काठमाडौंले आइतबार विशेष अदालतबाट १० दिन थूनामा राख्ने म्याद लिएर यादवविरुद्ध सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।

सीआईवीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले यादवविरुद्ध सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए ।

सर्लाहीकै बरहथवा नगरपालिकास्थित गंगापुर निवासी यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात अभियोगमा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।

गत सोमबार जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाले यादवलाई १५ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएका थिए । आदेश अनुसार तत्काल धरौटी बुझाउन नसकेपछि उनलाई सुनसरीको झुम्का कारागारमा राखिएको थियो ।