९ मंसिर २०८३, बुधबार

पूर्व सभामुख महराको आज अन्तिम सुनुवाइ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ४ फागुन । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको आज अन्तिम सुनुवाई हुँदै छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो । सम्भवतः आइतबारै फैसला आउने सम्भावना रहेको छ ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।