
काठमाडौं, ४ फागुन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीनदिने औपचारिक भ्रमणका लागि ५ फागुनमा बंगलादेश जाने भएका छन् ।
बंगलादेशका उच्च अधिकारीसँगको भेटवार्तामा ज्ञवालीले नेपाल र बंगलादेशबीच विस्तृत कनेक्टिभिटी, ऊर्जा व्यापार, लगानीका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा परराष्ट्रमन्त्रीको उच्चस्तरीय भेटवार्तामा कनेक्टिभिटी, ऊर्जा, व्यापार, लगानी, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल हुने उल्लेख छ ।
बंगलादेशका समकक्षी डा। एके अब्दुल मोमेनको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालयका अधिकारीसहित ढाका जाँदै छन् । नेपाल र बंगलादेशबीच यो वर्ष उच्चस्तरीय भ्रमण आदान–प्रदान भइरहेको छ ।











प्रतिक्रिया