१३ कार्तिक २०८३, शुक्रबार

आइतबार पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन ।  आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमा पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जानकारी दिएको छ । यसैगरी देशका धेरै स्थानमा भने आंशिक र सामान्य बदली भएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।