३० आश्विन २०८३, शुक्रबार

रामेछाप दोहा सम्पर्क समाजको ५ औँ अधिवेशन तयारी पुरा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, कतार, १ फागुन । रामेछाप दोहा सम्पर्क समाजले ५ औँ अधिवेशनको घोषणा गरेसँगै सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको यस संस्थाका वर्तमान अध्यक्ष ललित कुमार तामाङ्गले जानकारी दिएका छन् ।

कार्यक्रम दोहाको गोर्खा रेष्टुरेण्टको सभाहल नजमामा २०२० फेब्रअरी २१ का दिन ठीक मध्याहन्न १२ बजेबाट कार्यक्रम विधिवत रुपमा संचालन हुने पनि जानकारी गराउनु भएको छ ।

यस संस्थाको ५ औँ अधिवेशन हुँदै गर्दा अध्यक्ष ललित कुमार तामाङ्गले अर्को महत्वपूर्ण कुरा राख्दै भन्नु भएको छ रामेछाप जिल्ला जन्मभूमिबाट प्रवासको कतारमा आफ्नो कर्मथलो बनाइरहेका सम्पूर्ण रामेछाप जिल्लाबासीलाई यो पनि आहन गरेका छ ।

विभिन्न जिल्लाहरुले आपनो जिल्लालाई चिनारी दिँदै हातमाहात काँधमा काँध मिलाएर अगाडी बढी रहेको अवस्थामा हामी रामेछाप जिल्लाबासीले मुखदर्शक भएर नबसी हामी पनि एक आपसमा जिल्लावासीहरुलाई सम्पर्क गर्दै प्रवासमा रामेछाप जिल्लाको पनि छुट्टै पहिचान बनाएर निरन्तर अगाडी बढ्नु पर्ने बताउँदै अबको दिनहरुमा हामी रामेछापेली जिल्लावासीहरु नयाँकाम र जोस जाँगरका साथ लगातार एकले अर्कालाई सम्पर्क गर्दै एक बाट दुई, दुई बाट ४ गर्दै समाजमा भएगरेका समस्याहरुलाई समाधान गर्दै रामेछाप जिल्लामा पनि हामीले प्रवासबाट केही गर्ने योजनाका साथ अविरल अगाडी बढनु पर्ने तामाङ्गको भनाई थियो ।

रामेछाप जिल्लाबाट रोजगारीको लागि कतार आएका सम्पूर्ण रामेछाप जिल्ला नेपालका परिवारहरुले यहाँ आएका सदस्यहरुलाई पनि हाम्रो संगठन रामेछाप दोहा सम्पर्क समाज रहेको सुचना गरि दिनु हुन हार्दिक अनुरोध गरेका छन् ।