
सप्तरी, २७ माघ । भारतबाट नेपालतर्फ भित्र्याइँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् ।
सप्तरीको खडक नगरपालिका ५ गरुराहाबाट अस्थायी प्रहरी पोस्ट खरचुहियाको टोलीले खडक नगरपालिका ५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनको साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र ६ थान सुइ फेला पारेको छ ।
भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शङ्का लागेपछि परीक्षण गरिएको र लागुऔषध बरामद भएपछि कारबाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोस्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले बताउनुभयो ।











प्रतिक्रिया