९ मंसिर २०८३, बुधबार

टिपरको ठक्कर : राजेश र मुन्नाका परिवारलाई सात सात लाख दिने सहमति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २७ माघ ।   कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट ज्यान गुमाएका राजेश चौधरी र मुन्ना चौधरीका परिवारलाई सात सात क्षतिपूर्ति दिने सहमति भएको छ ।

मृतकका परिवार र टिपर साहुबीच भएको सहमतिमा सात सात लाखमा सहमति भएको हो ।

कालिमाटी प्रहरी वृत्तमा बिहीबारदेखि दुई पक्षबीच वार्ता भइरहेकोमा शुक्रबार सहमति भएको हो। रौतहट कटहरि ७ का मुन्ना र कटहरि ४ का राजेशलाई गत बुधबार राति टिपरले ठक्कर दिएको थियो ।

मृतक दुबै जना काठमाडौंको ग्यारेजमा काम गर्दै आएका थिए ।