
राजविराज, २७ माघ । सरकारी कागज किर्ते गरेको आरोपमा प्रहरीले सप्तरीका एक कर्मचारीलाई पक्राउ गरेको छ।
राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालय मालपोत शाखाका खरिदार नबिन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
सरकारी काज किर्ते गरेको भन्दै विश्वकर्माविरुद्ध लिखित उजुरी परेपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।
विश्वकर्मालाई पक्राउ गरी सरकारी कागज किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया