१३ कार्तिक २०८३, शुक्रबार

बन्देउटार डाँडामा भ्यू टावर तथा बुद्धपार्क शिलान्यास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, २७ माघ । भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित बन्देउटार डाँडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय भ्यू टावर तथा बुद्धपार्कको शिलान्यास गरिएको छ । वाग्मती प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको करीब पाँच करोड ५० लाखको बजेटमा पर्यटकीयस्थल दोलालघाटमा भ्यू टावर तथा बुद्धपार्क निर्माण गर्न लागिएको हो ।

वाग्मती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले आइतबार सो भ्यू टावर तथा बुद्धपार्कको शिलान्यास गर्दै क्रमागत बजेट व्यवस्थापन गरी दोलालघाटमा यस आर्थिक वर्षभित्र भ्यू टावर तथा अर्को आवमा बुद्धपार्क निर्माण गरिने जानकारी दिनुभयो । “हामी प्रदेश भित्रका पर्यटकीयस्थलको सम्भावित क्षेत्रको थप खोजी गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी, दोलालघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश कक्षपतिले स्थानीयवासीले दोलालघाटमा पर्यटकीयस्थल प्रवद्र्धन गर्न निर्माण गरिएका संरचनाको संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो ।

दोलालाटमा भ्यू टावरसँगै यस वर्ष सात पिकनिक स्पट, तीन सार्वजनिक शौचालय तथा दोलालघाट बजारसम्म ५८६ मिटर सिँढी निर्माण हुने वडाध्यक्ष मोतिलाल तामाङले जानकारी दिनुभयो । रासस