
काठमाडौं, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहे जस्तो गतिमा विकास निर्माणका काम हुन नसकेको बताएका छन् । स्वास्थ्यमा थोरै समस्या रहेका प्रधानमन्त्री ओली आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै त्यसो भनेका हुन् ।
उनले भने,‘पूँजीगत खर्च कम भयो, विदेशी सहयोग आउन ढिलो भयो । हामीले चाहेको गतिमा विकास निर्माणका काममा भनेजति उपलव्धी दिन सकेका छैनौं ।’
यति भनेपछि उनले बाँकी सम्बोधनको जिम्मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई जिम्मा छाडेर निस्किए । ‘मेरो स्वास्थ्यमा समस्या छ, बाँकी कुरा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताउनुहुन्छ’, प्रधानमन्त्री ओलीले भने । यत्ति भनेर प्रधानमन्त्री ओली निस्किएका थिए ।











प्रतिक्रिया