
काठमाडौं, २६ माघ । बैतडीको डिलासैनी गाँपालिकाको एम्बुलेन्सबाट प्रहरीले मरेको चित्तल बरामद गरेको छ ।
चेकजाँच क्रममा एम्बुलेन्सबाट मरेको चित्तल बरामद भएपछि एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलासैनी गाउँपालिकाले चलाउँदै आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेस र चालक महेश बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिरामी पुर्याएर महेन्द्रनगरबाट फर्किने क्रममा गोकुलेश्वरमा चेकजाँच गर्दा एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया