९ मंसिर २०८३, बुधबार

फरार ‘तपस्वी’ रामबहादुर बम्जनको अझै अत्तोपत्तो लागेन !

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ ।   अनुयायीहरुलाई बेपत्ता र आनीहरुलाई बलात्कार गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनको खोजीमा प्रहरीले ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको छ ।

प्रहरीले उनको आश्रम रहेका विभिन्न स्थानहरुमासमेत निगरानी बढाएको छ । सर्लाही जिल्ला अदालतले बम्जनलाई पक्राउ गर्न आदेश दिएपछि उनलाई पक्राउ गर्न सिन्धुपाल्चोकमा रहेको उनको आश्रममा प्रहरी पुगे पनि उनि त्यहाँबाट फरार भइसकेका थिए ।

त्यही दिनदेखि प्रहरीले बम्जनको व्यापक खोजी गरिरहेको भए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

सर्लाही, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङलगायत सम्भावित स्थानमा उनको खोजीलाई व्यापक बनाइएको प्रहरीले जनाएको छ ।