९ मंसिर २०८३, बुधबार

राष्ट्रपति भण्डारीद्वारा पुनर्निर्माण भइरहेका सम्पदाको अवलोकन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ माघ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले शनिबार बिहान पुनर्निर्माण भइरहेका रानीपोखरी, धरहरा क्षेत्र, काष्ठमण्डप मन्दिर र नौतले दरबारको अवलोकन गर्नु भएको हो ।

त्यसक्रममा उहाँले पुनर्निर्माण सम्पन्न भएको दरबार हाइ स्कुलको पनि अवलोकन गर्नु भयो । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त भएका यी सम्पदाहरुको पुनर्निर्माण अवस्था अवलोकन र प्रगतिको प्रत्यक्ष जानकारी लिएपछि राष्ट्रपति भण्डारीले पुनर्निर्माणको पछिल्लो अवस्थाबाट आफू उत्साहित भएको बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणलाई गति दिइएको र बाँकी काम समयतालिका बनाएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।