काठमाडौं, २५ माघ । सरकारले चीनको वुहानबाट फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणमा राख्ने तयारी गरेको छ । उनिहरुलाई राख्नका लागि दुई वटा भवन खाली गराइएको छ ।
यी भवनमा १ सय २४ जनालाई राख्न सकिने नेपाली सेनाको प्राविधिक टोली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएको टोलीले निष्कर्ष निकालेपछि भवन खाली गराइएको हो ।
चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको छैटौ नगरसभाले भने चीनको वुहानबाट फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ ।
चीन वुहान शहरबाट सुरु भएको कोरोना भाइरस अहिले चीनभरि फैलिएपछि सबै देशले चीनमा रहेका आफ्ना नागरिक धमाधम फिर्ता लगिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस