काठमाडाैं, २५ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चौथो पटक कलेजो प्रत्यारोपण गरेको छ ।
काठमाडाैंकाे बौद्धका ५७ वर्षीय बुबालाई २७ वर्षकी छोरीको कलेजो प्रत्यारोपण गरिएको कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन प्राध्यापक डा.रमेशसिंह भण्डारीले जानकारी दिएका छन् ।
नौ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको उनले बताएका छन् । बाबुछोरीकै स्वास्थ्य अवस्था स्थिर रहेको छ । डा.भण्डारीकै नेतृत्वको टीमले गएको जेठ १८ गते त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो ।
साउन ३ गते दोश्रो र कात्तिक १ गते तेश्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो । त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको लागि झण्डै तीन महिनामा पालो आउने र झण्डै २५ लाख रुपियाँमा प्रत्यारोपण गर्न सकिने डा.भण्डारीले बताएका छन् ।











प्रतिक्रिया