सिरहा, २५ माघ । सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर ३ बस्ने तेजनारायण चौधरीका २४ वर्षीय छोरा मिथिलेश चौधरीको मृत्यु भएको छ ।
चौधरी एक महिना अगाडिदेखि लहानस्थित यातायात कार्यालय अगाडि लेखापडीको काम गर्दै आएका थिए । मिथिलेश बिहीबार राति बेहोस अबस्थामा भेटिएका थिए ।
बेहोस भेटिएका चौधरीको जीउभरि माटो र हिलो लागेको थियो ।
मिथिलेशलाई उपचारको लागि लहान अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
बुबा तेजनारायण चौधरीको अनुसार स्थानीय केटाहरूसंग झगडा गरेर यस्तो घटना भएको अनुमान गरेका छन् ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरिरहेको सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीले बताए ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस