
काठमाडौं, २४ माघ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाईमा बालुवाटार ललितानिवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको विषयमा सरकारविरुद्ध शुक्रबार प्रदर्शन भएको छ ।
प्रदर्शनका क्रममा आफ्नो माउ पार्टीका उपसभापति विजयकुमार गच्छादारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेपछि नेवि संघ आन्दोलनमा उत्रिएको हो ।
प्रदर्शनका क्रममा उसले सरकारविरुद्ध नाराबाजी र प्लेकार्ड प्रदर्शन गरेको थियो । ‘आफ्नालाई जोगाउने अरुलाई फसाउने’लगायतका नारा लगाउँदै भएको प्रदर्शनका क्रममा अख्तियार सरकारको निर्देशनमा चलेको आरोप लगाइयो ।
नीतिगत निर्णयमा तत्कालिन प्रधानमन्त्रीमाथि अनुसन्धान गर्न नमिल्ने अख्तियारको स्पष्टोक्ति आए पनि नेवि संघले भनेको छ,‘क्याबिनेटको निर्णयमा मन्त्री दोषी हुन्छ कि प्रधानमन्त्री ?’
ललितानिवास प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेललाई बचाएर गच्छादारलाई मात्र मुद्दा लगाइएपछि विहीबार नेपाली कांग्रेसले गरेको पदाधिकारी निर्णयअनुसार नेवि संघ आन्दोलनमा उत्रिएको हो ।











प्रतिक्रिया