
काठमाडौं, २४ माघ । थुनामा रहेक व्यक्तिलाई छुटाइदिने भन्दै घुुस लिएको आरोपमा एक वकिल पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अधिवक्ता टंक रानामगर रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ४२ लाख घुस लिएको भन्दै पक्राउ गरेको हो ।
रानाले माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म पनि संचालन गरिरहेका छन्।
राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले उक्त बराबरको घुस लिएको प्रहरीले बताएको छ ।












प्रतिक्रिया