९ मंसिर २०८३, बुधबार

प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ ।   प्रतिपक्षी कांग्रेसको अवरोधले आधा घण्टाका लागि स्थगन भएको प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

आफ्नो पार्टीका उपसभापति विजय गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको विरोधमा कांग्रेसले संसदमा अवरोध गरेको हो। कांग्रेसको संसदीय दलको आइतबार बिहानको बैठकले संसद अवरोध गर्ने निर्णय गरेको थियो।

सभामुख अग्नि सापकोटाले बैठक २६ माघ आइतबार १ बजेसम्मका लागि स्थगित गरेको संसदका निमित्त महासचिव गोपालनाथ योगीले सुचना प्रकाशित गरी जनाएका छन्।