आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

निर्दोष गच्छदारलाई मुद्दा हालेर फसाउन खोजेको भन्दै कांग्रेसद्वारा संसद अवरुद्व

दैनिक नेपाल २०७६ माघ २४ गते १४:०४

काठमाडौँ, २४ माघ ।    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुत्रबारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । बालुवाटार जग्गा प्रकरणमा विजय गच्छार मुछिएपछि नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेतालाइै फसाउन खोजेको भन्दै विरोध गरिरहेको छ ।

आफ्‍ना नेतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रतिनिधिसभाको बैठक बिहिबार पनि अवरोध गरेको थियो । दिउँसो सवा १ बजेपछि सुरु भएको बैठक कांग्रेस सांसदहरुले कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन्।

सभामुख सापकोटाले कांग्रेस सांसद मिनबहादुर विश्‍वकर्मालाई बोल्न समय दिएको थियो। विश्‍वकर्माले निर्दोषु गच्छदारलाई मुद्दा हालेर सयौं दोषीलाई उन्मुक्ति दिएको आरोप लगाए। उनले सरकारले कांग्रेस नेताहरुलाई नियोजित रुपमा फसाउने नीति सरकारले लिएको आरोप लगाए।

सरकारको छायामा परेर अख्तियारले व्यक्ति छानीछानी मुद्दा चलाइएको आरोप लगाउँदै उनले बैठक अघि बढ्न नसक्ने घोषणा गरे। बुधबार अख्तियारले गच्छदारसहितका ३ पूर्वमन्त्री, ३ पूर्वसचिवसहित १ सय ७५ जनालाई विशेष अदालतमा ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित