९ मंसिर २०८३, बुधबार

राजनैतिक आधारमा नेकपा नेतालाई उन्मुक्ति दिएको विरोधमा नेविसंघले पदर्शन गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ ।  नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले आज विरोध प्रदर्शन गर्ने भएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा बदनियतपुर्ण तवरले राजनैनिक आस्थाका आधारमा नेकपा नेताहरुलाई उन्मुक्ति दिएको र अन्यलाई फसाएको विरोधमा संस्थाहरुले विरोध प्रदर्शन गर्न लागेको हुन् ।

आज दिउँसो १२ः ३० बजे माइतीघर मण्डलामा विरोध पदर्शनको कार्यक्रम रहेको नेविसंघले जानकारी दिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा प्रतिशोधपुर्ण तरिकाले पार्टी उपसभापति तथा सांसद विजयकुमार गच्छदार लगायतलाई मुद्दा चलाइएको र तत्कालीन निर्णय गर्ने समयमा प्रधानमन्त्री हुने र जग्गा किन्ने मान्छेलाई उन्मुक्ति दिएकोप्रति काँग्रेसले विरोध गर्दै आएको छ ।