२८ आश्विन २०८३, बुधबार

भट्टराई पक्ष चुनावमा नजाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं । एकीकृत माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई खेमाबीचको अन्तर–किचलो थप पेचिलो बनेको छ। लामो प्रयत्नपछि नेता बाबुराम भट्टराईलाई केन्द्रीय कार्यालयमा फर्काउन सफल भए पनि दाहाल विवाद मिलाउन असमर्थ देखिएका छन्।

नेतृत्वको कार्यशैलीमा आपत्ति जनाउँदै विराटनगर सम्मेलनबाट दाहालसँग टाढिएका भट्टराई पार्टी केन्द्रीय समितिमा फर्कन तयार भए पनि सहमतिमा पदाधिकारीमा बस्न भने तयार भएनन्। उनले निर्वाचन प्रक्रियामा समेत असहमति जनाउँदै बहिस्कार गर्ने जनाउ दिएका छन्।

पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन प्रक्रियामा सहमति नभएपछि शनिबार निर्वाचन गर्ने तयारी भए पनि विवादका कारण आइतबारलाई सरेको छ।

भट्टराई पक्षधरले ‘हेडक्वार्टरु ले सार्वजनिक गरेको निर्वाचन कार्यविधिप्रति आपत्ति जनाउँदै बहिस्कार गर्ने निर्णय गरेको छ भने दाहाल पक्ष बसेर शनिबारै निर्वाचन कार्यविधि पारित गरेको छ। स्रोतका अनुसार एकपक्षीय रुपमा कार्यविधि पारित गरिएकोमा भट्टराई पक्ष क्रुद्द छ।

विराटनगर सम्मेलनले अध्यक्षमा पुष्पकमल दाहाललाई पुनः चयन गरे पनि अन्य पदको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन। उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयनका लागि शनिबार निर्वाचन गर्ने तयारी थियो।

सहमतिबाटै पदाधिकारीलगायत चयन गर्ने प्रयास असफल भएपछि चुनावी प्रक्रियामा गएको केन्द्रीय सदस्य जनार्दन शर्माले बताए। ‘सहमति प्रयास सम्भव भएन, त्यसैले चुनावी प्रक्रियामा जाने निर्णय भएको हो,ु शर्माले नागरिकसँग भने, ‘आउने आउँछन्, नआउने आउँदैनन्, तर चुनाव हुन्छ।ु उनका अनुसार केन्द्रीय समितिले निर्वाचन कार्यविधि पास गरिसकेकाले चुनाव कुनै हालतमा रोकिन्न। नागरिक दैनिकबाट