१ कार्तिक २०८३, आइतबार

पत्रकारलाई पारिश्रमिक दिन माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ माघ । प्रेस सङ्गठन नेपाल, प्रतिष्ठान प्रदेश कमिटीले सञ्चारगृहलाई श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारलाई सेवा उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रतिष्ठानका संयोजक वीरेन्द्र ओली र सहसंयोजक हरिवल्लभ नेपालले आज विज्ञप्ति जारी गर्दैै नागरिक दैनिक, रिपब्लिका दैनिक र कारोवार दैनिकमा ऐन अनुसारको सेवा सुविधा दिन आग्रह गर्नुभएको हो ।

ती दैनिकमा कार्यरत पत्रकारले श्रमजीवी ऐनअनुसार सेवा सुविधा नपाएकाले उनीहरुका मागप्रति ऐक्यबद्धता जनाउँदै चाँडो श्रमजीवी पत्रकारको माग सम्बोधन गर्न सञ्चारगृहसँग सङ्गठनले आग्रह गरेको छ ।

विज्ञप्तिमा पत्रकारलाई अहिलेसम्मको काम गरेको सेवा सुविधा दिई काम गर्न वातावरण मिलाउन समेत माग गरिएको छ । –रासस