२८ आश्विन २०८३, बुधबार

नेपाली कांग्रेसले युवालाई नेतृत्व हस्तान्तरण गर्नु पर्छ : नेतृ डोल्मा तामाङ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । नेपाल महिला संघको केन्द्रीय सदस्य नेतृ डोल्मा तामाङले नेपाली कांग्रेसले युवालाई नेतृत्व हस्तान्तरण गर्नुे पर्ने बताएकी छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य एवं प्रदेश नं. १ बाट प्रदेश सभाको समानुपातिक तर्फको प्रदेश सभा सदस्यको उम्मेदवार समेत रहेकी नेपाली कांग्रेस सोलुखुम्बुकी बौद्धिक र सालिन नेतृ डोल्मा तामाङसँगको अन्तरवार्तामा उनले सो कुरा बताएकी हुन् ।

उनीसँगको समसामयिक राजनीति, नेपाल महिला संघ, कांग्रेसभित्र देखिएको विवाद, आगामी अधिवेशन र यो सरकारको काम कारवाहीको सन्दर्भमा गरिएका कुराकानीको आधारमा तयार पारिएको पूर्ण अन्तर्वार्ता यसप्रकार छ ।

नेपाल महिला संघ के गर्दैछ ? संघभित्र पनि ठूलै विवाद छ हैन ?

नेपाल महिला संघ नेपाली कांग्रेसको भगिनी संस्था हो । यसको स्थापना २००४ सालमा भएको हो । नेपाली महिलाको आस्था र भरोसाको केन्द्रविन्दु बन्न सफल पनि भएको छ । यसको गरिमा र इतिहास लामो छ । प्रजातन्त्र स्थापना गर्न नेपाल महिला संघले खेलेको भूमिका गर्व गर्न लायक छ ।

हामी संघको तेश्रो राष्ट्रिय महाधिवेशन “२०७२” बाट निर्वाचित भएका हौँ । लोकतान्त्रिक मूल्य, मान्यतालाई पूर्ण संस्थागत गरेर अगाडी बढ्न जुन ढङ्गले शसक्त भूमिका निर्वाह गर्नु पर्ने हो त्यो हुन सकेको छैन ।

हामीले संघमा योग्य नेतृत्व पाउँदा पाउँदै पनि कांग्रेसभित्र मौलाएको गुटको राजनीतिका कारण तल्लो तहसम्म देशव्यापी कार्यक्रम लिएर निर्वाद रुपले जाने वातावरण नहुँदा केही बरालिएको जस्तो देखिए पनि केन्द्रमा विधान लगायत हरेक क्षेत्रमा धेरै काम भएका छन् ।

पार्टीका नेतृत्व वर्गले बुझिदिनु पर्यो । केही नेताको स्वार्थ र सत्तामा पुर्याउने भर्याङको रुपमा भातृसंस्थालाई प्रयोग गर्नु भएन । नेपालको सन्दर्भमा नेपाली महिला मूलुकको राष्ट्रपति, सभामुख र प्रधान न्यायधीशसम्म पुग्न सफल भएको अवस्थामा हामीले सन्तोष गर्ने ठाउँछ ।

नेपाली कांग्रेसभित्रको खैलावैला पदको बाँडफाँडमा सकियो त ?

मैले अघि नै भने नि पार्टीमा देखिएको विमतिको कारण हामीलाई पनि अप्ठ्यारो छ । पार्टी विधान र भातृसंस्थाको विधान अनुसार आवश्यक निर्देशन वाहेक हाम्रो हरेक गतिविधिलाई गुटको आधारमा अंकुश लगाउने काम गर्नु भएन, हाम्रो विधान अनुसार स्वस्फुर्त रुपमा हामीले काम गर्न पाउनु पर्यो ।

एउटा लोकतान्त्रिक पार्टीभित्र सहमति—असहमति एवं फरक विचार राख्न पाइन्छ । खैलावैला पनि हुन्छ । राजनीति भनेको एक हिसावले पावर शेयरिङ पनि हो ।

यसरी भागवण्डामा मिल्ने हँुदा हिजो यिनै कुरालाई प्रस्ट ढङ्गबाट राखेर अगाडी वढ्दा राम्रो हुन्थ्यो, पार्टी वैठकनै बहिस्कारसम्म गर्ने काम गर्न हुँदैनथ्यो ।

उपस्थित भएर आफ्नो कुरा राखेर असहमति जनाउन सकिन्थ्यो । आपसमा हिजो शत्रु कहलिएका प्रचण्ड र ओली मिल्न हुने आज शेर बहादुर देउवा र रामचन्द्र पौडेल मिल्न किन नहुने ?

पार्टीको महाधिवेशनको कार्यतालिका पनि आयो, अबको अधिवेशनले जिल्लामा एकता कायम गर्न सक्छ त ?

प्रत्येक अधिवेशनले पार्टीलाई लोकतान्त्रिक बनाउँछ । पार्टीको सवै तहमा नयाँ उर्जा थप्ने काम हुन्छ । संघीय संरचना अनुसार विधानमा हाल व्यवस्था भएको सवै तहको अधिवेशनबाट योग्य र क्षमता भएका व्यक्तिलाई तेरो मेरो नभनि जिम्मेवारी दिने काम गर्नु पर्छ ।

हामीमा जेनेरेशनको ठूलो ग्याप छ, यो संगठनकोलागि खराव कुरा हो, युवा शक्तिलाई विश्वास गर्नु पर्यो, विस्तारै युवालाई नेतृत्व हस्तान्तरण गर्ने परिपाटीको विकास हुनु पर्यो ।

मेरो एउटा सवैमा अनुरोध छ, “बदला लिएर हैन अव हामी आफै वदलिएर देखाउ” र अगाडिको बाटो तय गरौं । कसैको पनि आत्मासम्मानमा चोट नपुर्याउ, सबैको विद्यमान अस्तित्व स्वीकार गर्न सिकौं । अब हामीले साझा संकल्प गर्न सक्नु पर्यो । साना—साना कुरालाई इगो बनाएर हिड्न हुन्न, यसैमा सवैको हित लुकेको छ ।

अबको नेतृत्व कस्तो हुनु पर्छ ?

अहिले सबैतिर नेतृत्व कुरा चलिरहेको छ । कुनै पनि संगठनमा नेतृत्व महत्वपूर्ण पक्ष हो, लिडर बन्न सजिलो पनि छैन । आजको सदर्भमा आफ्नो पदीय जिम्मेवारी वहन गर्न सक्ने निष्ठा, योग्य र इमान्दारीता भएका शाहसी, निष्पक्ष र गुटभन्दा माथि उठेर पार्टी संगठनमा लाग्ने व्यक्तिको खाँचो छ ।

आजको नेतृत्वले विधानलाई पूर्ण कार्यान्वयन गर्न सक्ने इच्छाशक्ति पालेको हुनुपर्छ । सबैलाई मिलाएर सहि र न्यायोचित निर्णय क्षमता राख्न सक्ने व्यक्ति आजको आवश्यकता हो ।

नेकपाको सरकारको कामकारवाही सम्बन्धमा तपाईको धारण के छ ?

हिजो हामीले गाउँ गाउँमा सिंहदरबार पुुग्छ भनेर भोट मागियो, जनतालाई भनियो, तर आज गाउँ गाउँमा भ्रष्टचार पुग्यो ।

आज संसदीय बहुमतको दुरुपयोग गर्दै धमाधम जन विरोधी विधेकहरु एकपछि अर्काे ल्याउने काम भएको छ, यसले के देखाउँछ भने बहुदलीय पञ्चायतको अभ्यास गर्ने कम्युनिष्ट सोच विकास भएको देखिन्छ । लोकतान्त्रिक पद्धती बचाउन अब नेपाली कांग्रेसको विकल्प छैन ।

पैसाको लागि देश बेच्नेलाई सत्तामा बस्ने अधिकार छैन । यो सरकार पूर्णरुपमा असफल भई सक्यो, जनताको अधिकार खोसेर सरकार अधिनायकवादको बाटोमा लागेको छ, यसलाई सच्च्याउन हामी एक भएर सबै तहमा दवाव सृजना गर्नुको विकल्प छैन ।