१ कार्तिक २०८३, आइतबार

प्रशिक्षण दिँदै गर्दा मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

संखुवासभा, २० माघ । सुआहारा गैरसरकारी संस्थामा कार्यरत ‘वाश’ का क्षेत्रीय संयोजक आलोकचन्द्र न्यौपानेको आइतबार साँझ प्रशिक्षण दिइरहेको बेला आकस्मिक रुपमा बेहोस भई ढल्दा मृत्यु भएको छ ।

एकीकृत पोषण तथा स्वास्थ्य कार्यक्रमको समीक्षा तथा दिगोपनासम्बन्धी चैनपुर नगरस्तरीय कार्यशाला गोष्ठी चलिरहेको बेला मुटुरोगद्वारा पीडित न्यौपानेको मृत्यु भएको हो ।

चैनपुर नगरपालिकाद्वारा सञ्चालित कार्यशालामा प्रशिक्षण दिने क्रममा बेहोस बनेका ४९ वर्षीय न्यौपानेलाई उपचारका लागि नजीकको स्वास्थ्य केन्द्र हेल्पिङ ह्यान्ड्समा लैजाँदै गर्दा साँझ ६ः४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

गोष्ठीमा नगर प्रमुख भरतकुमार खत्रीसहित ११ वडाका अध्यक्षहरु, नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा कार्यरत कार्यालय प्रमुख तथा प्रतिनिधिहरु र स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता रहेको थियो ।

मृतक न्यौपानेको शव आजै उहाँको भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–३ मा रहेको घर पठाइएको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । –रासस