
काठमाडौँ, २० माघ । सानिमा बैंक लिमिटेडले यही माघ २० गते काठमाडौँको जोरपाटीमा ७९ औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको बैंकका निक्षेप व्यवस्थापन प्रमुख विमल बास्तोलाले जनाएका छन् ।
उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा सम्पन्न भयो ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठज्यूले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए ।
त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै जोरपाटी शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
समुद्घाटन समारोहमा मह जोडीले काठमाडौँको जोरपाटीमा सानिमा बैंक संचालनमा आएकोमा सो क्षेत्रका स्थानीयबासी र बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमालाई सबल अनि विश्वसनीय बैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
सानिमा बैकको उक्तशाखा संचालनमा आएसँगै बैंकले हालसम्म ७९ वटा शाखा कार्यालयहरु तथा ७९ वटा ए.टि.एम. बाट सेवा प्रदान गरिरहेको छ ।
बैंकको २०७६ आषाढ मसान्तको लेखापरीक्षण गरिएकोमा पुँजीकोष १३.११% तथा निष्कृय कर्जा ०.०८% रहेको छ ।















प्रतिक्रिया