२८ आश्विन २०८३, बुधबार

बिमानस्थल निर्माणले असर गरेको भन्दै विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIAकाठमाडौं । राजधानीको गोठाटारबासीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणले गर्दा असर परेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले बिमानस्थलको उत्तरपुर्व कम्पाउण्ड भित्र पर्ने घना बस्तीदेखी एकसय मिटर भित्र र मुल सडकसँग जोडेर ढुङगा क्रसर र अलकत्रे पकाउने काम गर्दा सर्वसाधारणको स्वास्थ्यमा असर परेको भन्दै विरोध जनाएका हुन् ।

उनीहरुले नागरिक उड्डययन प्राधिकरणलाई पटकरपटक ध्यानाकर्षण गराउँदा समेत चासो नदिएको भन्दै शनिबार धर्नामा बसेका थिए । धर्नामा बसेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएर साँझ छाडेको थियो ।

बस्ती भएको ठाउँ आसपासमा अलकत्रे पकाईदिँदै स्वास्थ्यमा समस्या देखिएको स्थानीय बिष्णु कार्कीले बताए । उनले उक्त मार्गबाट बिमानस्थल भित्र आउजाउ गर्ने तिब्र गतिका ट्रिपरले धुलो उडाईदिने गर्दा समस्या भएको बताए ।

उनीहरुले गत बैशाख १२ गते संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समेत ज्ञापन पत्र बुझाएका थिए । गोठाटारको १ र ९ वडाका स्थानीयले बिमानस्थलको उत्तर पुर्वतर्फ मुल सडकसंग जोडेर राखिएका अलकत्रा र क्रसर मेसिन हटाउन माग राखेका छन् । यस्तै टाउनप्लानिङ र गोठाटार ९ नम्बर वडाको सिमाना खहरे चोक सम्बृद्धि आयल स्टोर देखी गुहेश्वरी जाने बाटो कालोपत्रे गरिदिन माग गरेका छन् । कान्तिपुर दैनिकबाट