१ कार्तिक २०८३, आइतबार

दर्पण राईको गीत ‘तिमीले बाटो फेर्‍यौ अरे…२’ करोडौँ क्लवमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । दर्पण राईको गीत ‘तिमीले बाटो फेरयौ अरे…२’ पनि करोडौं क्लवमा प्रवेश गरेको छ । मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरयौ अरे २’ करोडौ क्लवमा प्रवेश गरेको हो ।

यसअघि उनकै स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरयौ अरे’ पनि करोडाैँ क्लवमा प्रवेश गरेको थियो ।

विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । ‘तिमीले बाटो फेरयौ अरे…’ गीत बाटै मेलीना राई चर्चामा आएकी थिइन् ।

‘यो मुटु दुःखछ किन’, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोतारदर्शकको मन मष्तिकमा राज गर्न सफल गीतकार दर्पण राईले ‘तिमीले बाटो फेरयौ अरे…२’ लाई पहिलोलाई जस्तै स्रोता र दर्शकले उत्तिकै मन पराएका कारण आज करोडौँ क्लवमा प्रवेश गर्न सफल भएको बताए ।

‘तिमीले बाटो फेरयौ अरे…२’ गीतको पछिल्लो समय चर्चासँगै यस गीतको नयाँ भर्सन पनि भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको स्वरमा केही समय सार्वजनिक गरिएको थियो ।

भिडियाे :