३ कार्तिक २०८३, मंगलबार

नेकपाले आज अध्यक्ष र महासचिवकाे प्रतिवेदन पास गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक आइतबार सकिँदैछ । बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ नेतृत्वले दिएसँगै अध्यक्षद्वय तथा महासचिवको प्रस्ताव पारित गरेर बैठक सकिने नेकपाले जनाएको छ ।

बैठकमा १५ वटा समूहका नेता तथा प्रदेश र समन्वय किमिटीका २५ जनाले शुक्रबार र शनिबार प्रतिवेदन बुझाइसकेका छन् ।

आइतबारकाे बैठक दिउँसो १ बजेपछि शुरू हुनेछ । त्यसअघि सचिवालय बैठक बसेर दुवै जना अध्यक्षले जवाफ दिने वा एक जनाले दिने भन्ने निर्णय गर्ने नेकपाले जनाएको छ ।

समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यले नेताहरूको जीवनशैली विलासी बनेको, पार्टी र नेतामा भ्रष्ट आचरण मौलाएको, पार्टीमा नेतृत्वले नै गुटको नेतृत्व गरेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको जस्ता प्रश्न उठाएका छन् ।

१५ वटा समूहले आ–आफ्नो प्रतिवेदन पेस गर्दै देशमा भ्रष्टाचार नियन्त्रण गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव दिएको छ । ती समूहले समाजको चरित्र, व्याख्या विश्लेषण गरी नेपाली नमूनाको समाजवाद निर्माण गर्नुपर्ने मुख्य सुझाव दिएका छन् ।

समूह ५ का नेता ठाकुर गैरेले नेपाली विशेषतामा आधारित समाजवाद ल्याउन र समाजवादका आधार तयार गर्न सुझाव दिए ।