मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नेकपा नेन्द्रीय कमिटि बैठक आज पनि जारी

दैनिक नेपाल २०७६ माघ १८ गते ११:४१

काठमाडौं, १८ माघ ।   सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटि बैठक शनिबार पनि जारी रहेको छ । शनिबारको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने र बाँकी रहेका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा दुवै अध्यक्षले सदस्यहरूको धारणा, सुझाव र प्रतिक्रिया सुन्ने कार्यक्रम पनि रहेको छ । बैठकमा अमेरिकी सहयोग एमसीसी, नेपाल–भारत सीमा विवाद, जनप्रतिनिधि तथा शीर्ष नेताको सम्पत्ति छानविन, पार्टीमा महिला सहभागिता, सरकारको कामकारबाही जनमूखी नभएको लगायत विषय बैठकका एजेन्डाका रूपमा रहेका छन् ।

नेकपाको केन्द्रीय कमिटि बैठकमा नेकपाका केन्द्रीय सदस्यहरु एमसीसीको पक्ष र विपक्षमा देखिएका छन् । बैठकमा कतिपय सदस्यहरुको नेतृत्व प्रति असन्तुष्टिसमेत पोखेका छन् । १५ गतेबाट सुरू भएको बैठक आइतबार सम्म जारी रहने छ ।

प्रतिक्रिया
सम्बन्धित