३० आश्विन २०८३, शुक्रबार

मोरङका उनन्चालीस सहकारी कारबाहीको प्रक्रियामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakari-pasalमोरङ , २१ फागुन । सहकारी डिभिजन कार्यालय मोरङले जिल्लामा निष्क्रिय रहेका ३९ सहकारीलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

साधारणसभा र लेखापरीक्षण नगर्ने सहकारी संस्थाविरुद्ध कारबाहीको प्रक्रिया सुरु गरिएको डिभिजन सहकारी कार्यालयका प्रमुख दिलशेर राईले जानकारी दिनुभयो ।

राईले ती सहकारीलाई लेखापरीक्षण र साधारणसभा गरेको प्रतिवेदन बुझाउन सूचना जारी गरेको बताउनुभयो । १० दिनभित्रमा लेखापरीक्षण र सधारणसभा गरेको प्रतिवेदन नबुझाए कारबाही गरिने कार्यालयप्रमुख राईको भनाइ छ ।

तीन दिनअघि सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन सहकारीको दर्ता खारेज गरेको थियो । आर्थिक वर्ष २०७०/७१ सम्म मोरङमा सहकारीले रु १३ अर्ब नौ करोड ८४ लाख ४४ हजारको कारोबार गरेको थियो । मोरङमा एक हजार ५९ सहकारी सञ्चालनमा छन् ।