काठमाडौं । एमाओवादीले आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।
एमाओवादीले काठमाडौँ–२ मा लीलामणि पोखरेल, चितवन–४ मा खुसीराम पाख्रिन, बर्दिया– १ मा भुवन चौधरी र कैलाली–६ मा रामसमज रानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पोखरेल यसअघि पनि सोही क्षेत्रबाट पराजित हुनुभएको थियो । अघिल्लो संविधानसभामा सदस्य रहनुभएका पाख्रिन चितवनका हकमा नयाँ उम्मेदवार हुनुहुन्छ । यस्तै बर्दियाका उम्मेदवार चौधरी यसअघिको निर्वाचनमा पराजित हुनुभएको थियो भने कैलालीका उम्मेदवार रानासमेत नयाँ अनुहार हुनुहुन्छ ।
नेपाली काँग्रेस र नेकपा(एमाले)ले यसअघि नै उम्मेदवार चयन गरिसकेका छन् ।
















प्रतिक्रिया