३ कार्तिक २०८३, मंगलबार

ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्ससँग च्यासल स्तब्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ ।   च्यासल युथ क्लबलाई पराजित गर्दै फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित निकालेको छ। दशरथ रगंशालामा भएको खेलमा फ्रेन्डस्ले च्यासललाई १–० गोल अन्तरले हराएको हो।

फ्रेन्ड्सको जितमा खेलको ८४औं मिनेटमा उत्तम राईले निर्णायक गोल गरे। उनी खेलको ‘म्यान अफ दि म्याच’ समेत बने। फ्रेन्ड्सका विश्व अधिकारीको प्रहारलाई च्यासलका गोलरक्षक बचाएपछि आएको रिबाउण्डमा उत्तमले गोल गर्दै टोलीलाई जित दिलाएका थिए।

जितसँगै फ्रेन्ड्स अंक तालिकाको नवौँ स्थानमा उक्लेको छ। ३ मा जित २ मा बराबरी गरेको फ्रेन्ड्सले ४ खेल गुमाएको थियो।

हारसँगै च्यासल एक स्थान तल झरेको छ। लिगका २ खेलमा जित निकालको च्यासलले ३ मा बराबरी गर्दा ४ खेलमा पराजय व्यहोर्दै दशौँ स्थानमा छ।

समूह चरणको अन्तिम खेलमा आजै ब्रिगेड ब्वाइज क्लब र न्यु रोड टिम एनआरटी भिड्नेछन्।