३ कार्तिक २०८३, मंगलबार

उपसभामुख खोसेपछि शिवमायालाई केन्द्रीय सदस्य, कानुनमन्त्री बनाउने चर्चा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । उपसभामुखबाट राजीनामा गर्न लगाएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले शिवमाया तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

बुधबार हुने केन्द्रीय कमिटीको बैठकमा तुम्बाहाम्फेले सहभागीता जनाउने भएकी छन् ।

सभामुखमा अग्नी सापकोटा निर्वाचित गराउनका लागि तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाइएको थियो । सचिवालय बैठकले नै राजीनामा गर्नका लागि निर्देशन दिँदा उनले मानेकी थिइनन् ।

सभामुखको उम्मेदवारमा सहमति नहुन्जेल राजीनामा नदिने अडान लिएकी उनले राजीनामापछि पितृसत्ता हावी भएको प्रतिक्रिया दिएकी थिइन् ।

उनको प्रतिक्रियापछि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रुष्ट भएको बताइएको थियो । यद्यपि, सचिवालयमा दुवै अध्यक्षको प्रस्तावमा नै उनलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको बताइन्छ ।

यता पदीय दायित्वबाट हटाएका कारण तुम्बाहाम्फेलाई मन्त्रिपरिषद्मा लैजाने तयारीमा प्रधानमन्त्री ओली रहेको बताइएको छ । उनलाई कानुन मन्त्रालयको जिम्मा दिन सकिने नेकपामा चर्चा छ ।

अघिल्लो मन्त्रिपरिषद्मा आधा दर्जन बढी मन्त्रालयका काममा रुष्ट हुँदै प्रधानमन्त्री ओली कड्किएका थिए । उनले मन्त्री मण्डल पुनर्गठनको तयारी गरेको चर्चा पनि चलेको छ ।