त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अडकिएको जहाज हटाइदिन भारतीय पक्ष सहमत भए पनि भारतीय वायु सेनाको जहाज कतिबेला काठमाडौँ आइपुग्ने भन्ने अन्यौल छाएको छ ।
‘नेपाल र भारत सरकारबीचको कुराकानीपछि एयरक्राफ्ट रिमुभल किट (जहाज हटाउने उपकरण) मुम्बईबाट दिल्लीमा ल्याइएको छ । त्यो भारतीय वायु सेनाको जहाजबाट अहिले काठमाडौँ ल्याउने तयारी गरेका छौँ । त्यहाँको एयरपोर्टले अनुमति दिनसाथ भारतीय वायु सेनाको जहाज काठमाडौँ आइपुग्छ ।’- त्रिभुवन बिमानस्थलका अपरेशन डाइरेक्टर देवचन्द्रलाल कर्णले भन्नुभयो।’ भारतको नयाँदिल्लीबाट भारतीय वायु सेनाले बिहान आठ बजे नै एयरक्राफ्ट रिमुभल किट ल्याउने भनिए पनि अहिलेसम्म जहाज त्यहाँबाट उडेको छैन ।

















प्रतिक्रिया