१ कार्तिक २०८३, आइतबार

माटो खानीमा पुरिएर सासु बुहारीको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिञ्जा, १३ माघ । माटो खानी पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासु बुहारी खानीमा पुरिएर मृत्यु भएको हो ।

नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षकी सासू नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानी भासिएर घटनास्थलमै मृत्युु भएको डिएसपी लालबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसारसँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । माटो खन्ने क्रममा खानी भासिएको थियो ।

आजै मृतक दुबैलाई शवपरीक्षणका लागि अस्पताल पुर्याइएको छ भने घाइते दुबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । –रासस