१ कार्तिक २०८३, आइतबार

चितुवाको छालासहित २ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, १३ माघ । दाङ प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । सोमबार साँझ दाङको दंगिसरण गाउँपालिका १ बस्ने २४ वर्षीया चेत बहादुर पुन र सौगात घर्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

चितुवाको छाला बोकी हिँडिरहेका छन् भन्ने सुचनाको आधारमा दाङको प्रहरी टोलीले उनीहरुलाई दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्ष सुमित खड्काले जनाएका छन् ।

उनीहरुले बोकेको झोला खानतलासी गर्दा भित्र प्लाष्टिकको बोरामा लुकाई राखेको टाउको (बंगरा) देखि पुच्छर सम्मको पुरै भाग भएको चितुवाको छाला बरामद गरेको थिए । घटनाको बारेमा प्रारम्भिक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।