बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

राेनाल्डाेकाे फुटबल क्लव पराजित

दैनिक नेपाल २०७६ माघ १३ गते ७:३२

लण्डन, १३ माघ । इटालियन सिरी ए मा युभेन्टस नापोलीसँग पराजित भएको छ ।

नापोलीको मैदानमा भएको खेलमा घरेलु टिमले युभेन्टसलाई दुई–एक गाेल अन्तरले हरायो । युभेन्टसलाई कडा टक्कर दिएको नापोलीले ६३औँ मिनेटमा पिटर जिलिन्स्कीको गोलमार्फत अग्रता लियो ।

त्यसको केही समयपछि युभेन्टसले बराबरी गर्ने मौका पाएको थियो । तर गोञ्जालो हिग्वेनको बाइसाइकल किक गोलकिपर एलेक्स मेरेटले बचाएका थिए । लोरेन्जो इन्सिग्नेले खेलको ८६औँ मिनेटमा गोल गर्दा नापोलीले अग्रता दोब्बर बनायो ।

९०औँ मिनेटमा रोनाल्डोले गोल गरे पनि हार भने टार्न सकेनन् । इटालियन सिरी ए मा रोनाल्डो लगातार आठ खेलमा गोल गर्ने खेलाडी बनेका छन् । पराजयपछि पनि युभेन्टसले तीन अङ्कको अग्रता कायम राखेको छ ।

युभेन्टसको ५१ अङ्क छ भने दोस्रो स्थानको इन्टरमिलानको ४८ अङ्क छ । इन्टर मिलान काग्लिअरीसँग बराबरीमा रोकिएको थियो । नापोली भने २७ अङ्कसहित १०औँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित