१ कार्तिक २०८३, आइतबार

आस्क मीको अनलाइन जब फेयर माघ १५ र १६ मा, मोबाइलबाटै जागिर खोज्न सकिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ माघ । आस्क मी म्यानेजमेन्टले यही माघ १५ र १६ गते (जनवरी २९ र ३०) दुई दिनसम्म नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको छ ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी कन्सल्ट डटकममा भर्चुअल जब फेयर सञ्चालन गर्न लागिएको हो ।

कर्पोरेट क्षेत्र, बैंक, बीमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई समेत लक्षित गरि अनलाइन जब फेयर सञ्चालन गर्न लागेको आस्कमी म्यानेजमेण्टले जनाएको छ ।

नेपालमै पहिलो पटक हुन लागेको सबैभन्दा ठूलो अनलाइन जब फेयरमा घरमै बसी बसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने आस्कमी म्यानेजमेण्टकी व्यबस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताईन् ।

उनका अनुसार आस्कमी म्यानेजमेण्टको वेब पोर्टल आस्कमी कन्सल्ट डटकम (www.askmeconsult.com) मा लग इन गरेर उपलब्ध गराइएका कम्पनीहरुमा सिधै जब एप्लिकेशन दिन सकिन्छ ।

‘कर्मचारी भर्ना गर्ने कम्पनीले आफूले चाहे जस्तो कर्मचारी जब फेयर बाट लिन सक्नेछन् भने जागिरको खोजीमा भौंतारिएकाहरु तथा जागिर परिवर्तन गर्न चाहनेहरुका लागि जब फेयर उचित गन्तव्य हुनेमा हामी विश्वस्त छौँ’ क्षेत्रीले भनिन् ।

क्षेत्रीका अनुसार यो नेपालको लागी बिल्कुलै नयाँ कन्सेप्ट हो । जब फेयर मा ५० भन्दा बढी कम्पनीहरुले आफ्नो अनलाइन स्टल राख्ने छन् भने कम्तीमा १ लाख जब सिकरहरुले अनलाईन प्ल्याटफर्म भिजिट गर्ने अपेक्षा गरिएको छ ।

नेपालमात्र नभई विदेशमा रहेकाहरुले पनि रोजगारीका लागि आवेदन दिन सक्ने छन् ।

कुनै पनि कम्पनीले यो फेयरमा अनलाईन स्टल राख्न चाहेमा आस्कमी कन्सल्ट डटकम (www.askmeconsult.com) मा जानुपर्नेछ भने जब खोज्नेहरुले आफूलाई पायक पर्ने स्थान र उपयुक्त जागिरमा आवेदन गर्न सक्छन् ।

यसरी प्राप्त आवेदन आस्क मीको सफ्टवेयरमार्फत सिधै सम्बन्धित कम्पनीमा पुग्नेछ भने कम्पनीहरुले आफूले खोजेको तथा योग्यता पुगेका आवेदकहरुलाई फोन गरेर अन्तर्वार्ताका लागि बोलाउने छन् ।

जागिर खोज्नेहरूले सबैभन्दा पहिले आस्कमी कन्सल्ट डटकममा गएर आफ्ना व्यक्तिगत तथा शैक्षिक योग्यता लगायतका सबै विवरण भरेर एकाउण्ट बनाउनु पर्ने हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंकको प्रमूख सहकार्यमा आयोजना हुने जब फेयरमा गोल्डेन गेट कलेज साथ रहेको छ ।

माछापुच्छ्रे बैंक, एनआईसि एशिया बैंक, मुक्तिनाथ विकास बैंक, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, इसेवा, फोन पे, लोन प्लस डिपोजिट डट कम जस्ता कम्पनीहरुले पनि सहकार्य गरेका छन। रोजगारीका लागि पुलको काम गर्दै आएको आस्कमीले अनलाइन माध्यमबाट पनि पुलको काम गर्न लागेको हो ।