
काठमाडौँ, १२ माघ । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई ट्विटरमार्फत प्रतिपक्षको अभिभावक बन्न सुझाव दिएका छन् ।
सभामुख निर्वाचित भएको केहीबेरमै सापकोटालाई भट्टराईले यस्तो सुझाव दिएका हुन् ।
ट्विटरमा बधाई तथा शुभकामना दिँदै डा. भट्टराईले लेखेका छन्, ‘सभामुख सत्तापक्षको निरीह रबरस्टाम्प हैन पुरै सदनको साझा नेता हो र दमननाथ ढुंगानाले स्थापित गरेको नजीर अनुसार मुख्यतः प्रतिपक्षको अभिभावक हो भन्ने ख्याल रहोस् ।’
पुराना मित्र मा. अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक वधाइ तथा शुभकामना!साभामुख सत्तापक्षको निरीह रबरस्टाम्प हैन पूरै सदनको साझा नेता हो र दमननाथ ढुंगानाले स्थापित गरेको नज़ीर अनुसार मुख्यत: प्रतिपक्षको अभिभावक हो भन्ने ख्याल रहोस्!
— Baburam Bhattarai (@brb1954) January 26, 2020















प्रतिक्रिया