३० आश्विन २०८३, शुक्रबार

सिन्धुपाल्चोकको तीन अर्ब एघार करोड बजेट पारित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

budget-nepal

चौतारा, २१ फागुन । जिल्ला विकास समिति सिन्धुपाल्चोकको आर्थिक वर्ष २०७२/०७३ को लागि रु तीन अर्ब ११ करोड ६६ लाख १० हजारको अनुमानित बजेट पारित भएको छ ।

जिविसको २२औँ जिल्ला परिषद््मा जिविस अध्यक्ष तथा स्थानीय विकास अधिकारी युवराज कट्टेलले आज प्रस्तुत गर्नु भएको अनुमानित बजेटलाई पारित गरिएको हो ।

पारित गरिएको बजेटमा चालुतर्फ रु एक अर्ब ६९ करोड ५५ लाख ३८ हजार तथा पुँजीगततर्फ रु एक अर्ब ४२ करोड १० लाख ७२ हजार गरि कुल रु तीन अर्ब ११ करोड ६६ लाख १० हजारको अनुमान गरिएको छ ।

परिषद्मा गैरसरकारी संस्थामार्फत सञ्चालित कार्यक्रमको लागि चालुमा रु २० करोड ६९ लाख ५२ हजार र पुँजीगततर्फ रु चार करोड ३७ लाख दुई हजार गरी जम्मा रु २५ करोड छ लाख ५४ हजारको अनुमानित आयव्यय पारित गरिएको छ ।

परिषद्ले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पर्यटन, विद्युत्, कृषि, सिँचाइ, वन, सञ्चारलगायतमा बजेट विनियोजन गरेको छ ।