
काठमाडौँ, १० माघ । नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गरेका हुन् । अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सापकोटाविरूद्ध हत्या मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन थालिएको प्रक्रिया, घटनाको अनुसन्धान गर्न र सापकोटालाई पक्राउ गर्न माग गर्दै शुक्रबार रिट हालेका हुन्। सापकोटा १२ गते सभामुख घोषणा हुँदैछन्।















प्रतिक्रिया