६ कार्तिक २०८३, शुक्रबार

सभामुख अनुमोदन हुन बाँकी सापकोटाविरुद्ध सर्वोच्चमा रिट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । काभ्रेका अर्जुन लामाको हत्याको अभियोग लागेका सभामुखमा अनुमोदन हुन बाँकी नेकपा स्थायी समिति सदस्य अग्नी सापकोटाविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा विचाराधिन रहेको सापकोटाविरुद्धको हत्या मुद्दा हुँदाहुँदै सभामुख निर्वाचित गराउन नहुनेसहितको रिट दायर भएको बताइएको छ ।

रिटमा सापकोटालाई तत्काल पक्राउ गरी कारबाही गर्नका लागि माग गरिएको छ ।