३ कार्तिक २०८३, मंगलबार

इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीसँग शेफिल्ड युनाइटेड पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ८ माघ । इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले शेफिल्ड युनाइटेडमाथि जित निकालेको छ ।

बेन्चमा रहेका सर्जियो अग्युराेले मैदान प्रवेश गरेकाे ६ मिनेटमै गोल गर्न सफल भएपछि सिटीले शेफिल्डलाई एक–शून्यले हरायो ।

शेफिल्ड युनाइटेडको मैदानमा भएको खेलमा ग्याब्रियल जेससले प्रहार गरेको पेनाल्टी शेफिल्डका गोलकिपरले रोकेपछि पहिलो हाफमै सिटीले अग्रता लिने मौका गुमाएको थियो ।

६७औँ मिनेटमा मैदान प्रवेश गरेका अग्युरोले ७३औँ मिनेटमा केभिन डी ब्रुयनको पासलाई गोलमा परिणत गरेका थिए ।

त्यसको केही सेकेण्ड अघिमात्र शेफिल्डले गोल गर्ने राम्रो मौका पाएको थियो । जसमा ओली म्याकबुर्नीले खाली पोस्टमा गोल गर्ने मौका गुमाएका थिए ।

जितसँगै सिटीले तालिकामा ५१ अङ्क बनाएको छ । सिटी लिभरपुलभन्दा १३ अङ्कले पछि छ भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अङ्कले अघि छ । शेफिल्ड भने ३३ अङ्कसहित सातौँ स्थानमा छ ।