९ मंसिर २०८३, बुधबार

टयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐँसेलुखर्कमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

हलेसीबाट रावाबेँसी गाउँपालिकाको रभुवातर्फ जाँदै गरेको ना ५ त ७१५४ नम्बरको  ट्रयाक्टर आइतबार राति दिक्तेल-हलेसी सडक खण्डको ऐँसेलुखर्कमा दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा उदयपुर त्रियुगा नगरपालिका-६ जलजले घर भएका २८ वर्षीय देवनारायण चौधरी रहेका छन् । ट्रयाक्टर अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।