३ कार्तिक २०८३, मंगलबार

‘बीबीसी’ र संकटाले अंक बाँडे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ ।  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा संकटा क्लबले ब्रिगेड ब्वाइज (बीबीसी) क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा संकटा र बीबीसी क्लबबीचको खेल गोलरहित बराबरीमा टुंगिएसँगै दुवै टोलीले एकरएक अंक बाँडेका हुन् ।

खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर पाएता पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिन पुग्यो ।

खेलमा बीबीसीका गोलरक्षक विशाल सुनार ‘म्यान अफ दी म्याच’ घोषित भए ।

जारी लिगमा सात खेल खेलेको संकटाले दुई जित, तीन बराबरी र दुई हारसहित ९ अंक जोडेको छ ।

त्यसैगरी, समान सात खेल नै खेलेको ब्रिगेड ब्वाइजले दुई जित, तीन हार र दुई बराबरीसहित ८ अंक जोडेको छ । रासस